Kathmandu Press

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेस सुरु भएको छ।
प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, पुस ७ : अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ।

प्रचण्ड नेपालसहि नेकपा केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुरु भएको हो। बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेता सहभागी रहेका छन्।

Image may contain: 2 people, indoor

बैठकले संसद् विघटनपछि उत्पन्न परिस्थितिबारे छलफलल गर्ने जनाएको छ। आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने जनाएको छ।

यसअघि ओली समूहका केन्द्रीय सदस्यको बैठक बालुवाटारमा बसेको थियो। ओली समूहको बैठकले महाधिवेशनको मिति तय गरेको छ।

Image may contain: 1 person, crowd

प्रकाशित मिति: २०:०३ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्