Kathmandu Press

कोलम्बियाले फेब्रुअरीदेखि कोरोनाविरुद्धको खोप दिने

बोगोटा, पुस ७ : दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ।   खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि...
कोलम्बियाले फेब्रुअरीदेखि कोरोनाविरुद्धको खोप दिने

बोगोटा, पुस ७ : दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ।   

खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार जानकारी दिए।

स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा उनले परीक्षणको रुपमा खोप दिने कार्य भने यही हप्तादेखि जनवरीको पहिलो हप्तासम्ममा सुरु हुन सक्ने पनि बताए।

सरकारले आफ्ना नागरिकका लागि सबैभन्दा राम्रो गुणस्तरको खोप ल्याउनेगरी गृहकार्य गरिरहेको पनि राष्ट्रपति इभानको भनाई थियो। 

कोलम्बियामा अहिलेसम्म १५ लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ४० हजारभन्दा बढीको मृत्यु भएको छ। 

उनले भने, ‘आफ्ना जनतालाई जोगाउन खोप लगाउनु हाम्रो अनिवार्य जिम्मेवारी हो, हामीले त्यसका लागि गृहकार्य गरिरहेका छौँ, आगामी फेब्रुअरीदेखि आमरुपमा खोप लगाउने कार्यक्रम सुरु हुनेछ।’   

उनले खोप ल्याउने र आम रुपमा लगाउने कार्यका लागि आफूले काम गरिरहेको पनि जानकारी दिएका छन्।

त्यसका लागि भइरहेका सबै प्रक्रिया अत्यन्त महत्वपूर्ण भएको र सन्तोषजनक तरिकाले अगाडि बढीरहेको पनि उनले बताए।

प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, पुस ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्