Kathmandu Press

बाइडेनले लगाए कोभिड–१९ विरुद्धको खोप

नेवार्क, पुस ७ : अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोनाभाइरस विरुद्धको खोप दिइएको छ। बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको...
बाइडेनले लगाए कोभिड–१९ विरुद्धको खोप

नेवार्क, पुस ७ : अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोनाभाइरस विरुद्धको खोप दिइएको छ। बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो। 

अठहत्तर वर्षीय बाइडेनलाई डेलावेयर राज्यको नेवार्कस्थित क्रिस्टियाना अस्पतालमा फाइजरको खोप दिइएको थियो। बाइडेनकी पत्नी जिल बाइडेनलाई पनि यसअघि नै खोप दिइएको थियो।

Hardik ivf

त्यस अवसरमा बाइडेनले खोप लगाउँदा कुनै चिन्ता नलिन अमेरिकी जनतासँग आग्रह गरेका थिए। हालसम्म तीन लाख १८ हजारभन्दा बढी अमेरिकीको ज्यान लिइसकेको कोरोनाभाइरस विरुद्ध खोप लगाउने अभियान अमेरिकाका विभिन्न राज्यमा जारी छ। 

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पतिले भने अर्को साता खोप लिने कार्यक्रम छ। 

यसैबीच, उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीले गत साता नै खोप लिइसकेका छन्। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले खोप लिने वा नलिने बारेमा केही बताएका छैनन्।

अमेरिकामा हाल फाइजर–बायोएनटेकले विकास गरेको खोपका अलावा मोडर्ना फर्मास्युटिकल्सले निर्माण गरेको खोप पनि प्रयोगमा ल्याइएको छ। 

प्रकाशित मिति: १९:१३ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्