Kathmandu Press

ओली समूहको केन्द्रीय कमिटीका तीन निर्णय

प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति फेरबदलदेखि प्रवक्ता फेर्नेसम्मका निर्णय गरेको छ।
ओली समूहको केन्द्रीय कमिटीका तीन निर्णय

काठमाडौं, पुस ७ : प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले विभिन्न निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको छ। आगामि २०७८ मंसिर २ देखि ७ गतेसम्म महाविधेशन गर्ने निर्णय गरेको छ। यस अघि नेकपा केन्द्रीय कमिटीले २०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

यसका लागि ओली समूहले एक हजार एक सय ९९ सदस्यीय महाविधेशन आयोजक कमिटी गठन गरेको छ। यसमा ओलीले सात सय ५३ जना केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक कमिटी बनाएको हो।

ओली समूहको बैठकले पार्टी प्रवक्ता पनि फेरबदल गरेको छ। नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता तोकेको छ। परराष्ट्रमन्त्री समेत रहेका ज्ञवाली नेकपा स्थायी कमिटी सदस्य हुन्।

केहीबेरमै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्न लागेको छ। थापाथलीस्थित कार्की पार्टी प्यालेसमा बस्ने बैठकले प्रधानमन्त्री ओलीलाई काबारही गर्ने जनाएको छ।

 

प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्