Kathmandu Press

पिलो निचोरेर फाल्दैमा तौल घट्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड–माधव नेपाल नहुँदैमा केही फरक नपर्ने संकेत...
पिलो निचोरेर फाल्दैमा तौल घट्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड–माधव नेपाल नहुँदैमा केही फरक नपर्ने संकेत गरेका छन्।

बालुवाटारमा आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी भित्रका उत्पन्न द्धन्दलाई पिलोसँग तुलना गरेका हुन्

उनले गायक जीवन शर्माको गीतको अंश गुनगुनाउँदै ‘पिलो चिनोरेर फाल्दैमा तौल घट्दैन्’ भनेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई उधृद गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली। जीवन शर्माको गीत गुनगुनाउँदै भन्नु भयो– पिलो निचोरेर फाल्दैमा तौल घट्दैन्।’

प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्