केन्द्रीय कमिटी ११९९ सदस्यीय बनाउने ओलीको प्रस्ताव
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेकपा केन्द्रीय कमिटी एक हजार एक सय ९९ सदस्यीय बनाउने प्रस्ताव गरेका छन्।
काठमाडौं, पुस ७ :अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा केन्द्रीय कमिटी एक हजार एक सय ९९ सदस्यीय बनाउने प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी ओली समूहको केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय सदस्य थप्ने प्रस्ताव गरेका हुन्। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक कमिटी बनाउने बताएका हुन्।
ओलीले सात सय ५३ जना केन्द्रीय सदस्य थप्न प्रस्ताव गरेका छन्। अहिले नेकपा केन्द्रीय कमिटी चार सय ४६ सदस्यीय रहेको छ। उनले सात सय ५३ सदस्य थपेर एक हजार एक सय ९९ सदस्यीय बनाउने बताएका हुन्।
ओली समूहका केन्द्रीय सदस्यको बैठक बालुवाटारमा जारी छ। यो बैठकले अर्का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई कारबाही गर्ने समेत जनाएको छ।
त्यस्तै, आजै मध्याह्न १ बजे प्रचण्ड र माधव नेपाल समूहको बैठक बस्न लागेको छ।
प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)