ओली समूहको केन्द्रीय कमिटी बैठकमा गएनन् गृहमन्त्री थापा
काठमाडौं, पुस ७ : प्रधानमन्त्री केपी शर्मा ओली समूहले बोलाएको नेकपा केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित रहेका छन्।अहिलेसम्म प्रधानमन्त्री ओलीलाई...
काठमाडौं, पुस ७ : प्रधानमन्त्री केपी शर्मा ओली समूहले बोलाएको नेकपा केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित रहेका छन्।
अहिलेसम्म प्रधानमन्त्री ओलीलाई सहयोग गदै आएका गृहमन्त्री थापा आज बालुवाटारमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा गएनन्। केहीबेरअघि बालुवाटारमा ओली समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ।
यस अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री थापालाई भेट्न पुलचोकस्थित मन्त्री निवास पुगेका थिए। उनले ओलीको कदमलाई साथ नदिन थापालाई आग्रह गरेका थिए।
गृहमन्त्री थापा आफू निकट नेताहरुसँग परामर्शमा रहेको जनाएको छ। परामर्शपछि मात्रै के गर्ने भन्ने निष्कर्षमा पुग्ने बताइएको छ।
प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)