गृहमन्त्री थापालाई फकाउन प्रचण्ड पुगे मन्त्री निवासमा
काठमाडौं, पुस ७ : गृहमन्त्री रामबहादुर थापा बादललाई फकाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्री क्वाटर पुगेका छन्।नेकपा केन्द्रीय कमिटी बैठक बस्नुअघि अध्यक्ष...
काठमाडौं, पुस ७ : गृहमन्त्री रामबहादुर थापा बादललाई फकाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्री क्वाटर पुगेका छन्।
नेकपा केन्द्रीय कमिटी बैठक बस्नुअघि अध्यक्ष प्रचण्ड गृहमन्त्री थापालाई फकाउन पुल्चोकस्थित उनको सरकारी निवासमा पुगेका छन्। गृहमन्त्री थापा नेकपा सचिवालय सदस्य पनि हुन्।
मन्त्री निवास पुगेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदलाई साथ नदिन आग्रह गरेको जनाएको छ। संसद् विघटनविरुद्धको मोर्चामा उभिन बादललाई आग्रह गरे।
पूर्वमाओवादी समूहबाट मन्त्री बनेका थापा र लेखराज भट्टले प्रधानमन्त्री ओलीलाई सघाइरहेका छन्। भट्ट खुलेर लागेको भएपनि थापा अलमलमै छन। त्यसैले उनलाई फकाउन प्रचण्ड निवासमै पुगेका हुन्।
आज दुवै समूहले केन्द्रीय कमिटी बैठक बोलाएका छन्। ओली समूहका केन्द्रीय सदस्यको बैठक बालुवाटारमा सुरु भएको छ भने प्रचण्ड तथा माधव नेपाल समूहको बैठक मध्याह्न १ बजे बस्न लागेको छ।











-1791359764.jpg)