Kathmandu Press

ओली समूहका केन्द्रीय सदस्यको बैठक बालुवाटारमा सुरु

काठमाडौं, पुस ७ : प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय सदस्यको बैठक बालुवाटारमा सुरु भएको छ।प्रधानमन्त्री ओलीले संसद् विघटन गराएपछि नेकपा दुई समूह...
ओली समूहका केन्द्रीय सदस्यको बैठक बालुवाटारमा सुरु

काठमाडौं, पुस ७ : प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय सदस्यको बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गराएपछि नेकपा दुई समूह बनेको छ। दुवै समूहले आज केन्द्रीय कमिटी बैठक बोलाएका छन्।

ओली समूहका केन्द्रीय सदस्यको बैठक बालुवाटारमा सुरु भएको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक मध्याह्न १ बजे बोलाइएको छ।

बालुवाटारमा सुरु भएको ओली समूहको बैठकले अर्का अध्यक्ष प्रचण्डलाई कारबाही गर्ने जनाएको छ। बैठकमा संसद् विघटनपछिको घटना क्रमबारे छलफल हुने जनाएको छ।

प्रचण्ड नेपाल समूहको बैठक पनि आज मध्याह्न १ बजे बस्न लागेको छ। त्यो बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने जनाएको छ।

संसद् विघटनपछि दुवै समूह एकअर्काविरुद्ध रणनीति बनाइरहेका छन्। आज दुवै समूहको केन्द्रीय कमिटी बैठकसँगै नेकपा विभाजन हुने जनाएको छ।

प्रकाशित मिति: १६:२२ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्