Kathmandu Press

आज तीन ठूला दलको केन्द्रीय समिति बैठक

संसद् विघटनपछि आगामि रणनीति तय गर्न आज तीन ठूला दल नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको छ।
आज तीन ठूला दलको केन्द्रीय समिति बैठक

काठमाडौं, पुस ७ : संसद् विघटनपछि आगामि रणनीति तय गर्न आज तीन ठूला दलको केन्द्रीय समिति बैठक बस्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद् विघटन गराएका थिए। त्यसपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समिति बैठक बोलाएका छन्। नेकपाका भने दुवै समूहले बेग्लाबेग्लै बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओली समूहले आज बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ। उनीहरुको बैठक केहीबेरमा बालुवाटारमा बस्ने जनाएको छ।

त्यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिउसो १ बजे बैठक बोलाएको छ। उनीहरुको बैठक थापाथलीस्थित कार्की पार्टी प्यालेसमा बस्ने जनाएको छ।

दुवै समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएपछि नेकपा फुटको संघारमा पुगेको छ। आज औपचारिक रुपमा नेकपा छुट्नसक्ने जनाएको छ।

यसैगरि प्रमुख प्रतिपक्षी कांग्रेसले पनि प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्दै केन्द्रीय समिति बैठक बोलाएको छ। कांग्रेस केन्द्रीय समिति बैठक आज मध्याह्न १ बजे पार्टी कार्यालय, सानेपामा बस्दै छ।

जसपाले पनि प्रधानमन्त्री ओलीको कदमको विरोध गरेको छ। यसमा थप छलफल गर्न आज मध्याह्न १२ बजे केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ।

संसद् विघटनको सबै दलले विरोध गरेका छन्। संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट परेका छन्।

प्रकाशित मिति: १६:०३ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्