Kathmandu Press

नेकपा विवाद जिल्ला तहमा, लमजुङमा पूर्व एमाले पक्षले पार्टी कार्यालयमा लगाए ताला 

काठमाडौं, पुस ७ : प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको आन्तरिक विवाद जिल्ला तथा स्थानीय तहमा देखिएको छ ।नेकपा लमजुङको...
नेकपा विवाद जिल्ला तहमा, लमजुङमा पूर्व एमाले पक्षले पार्टी कार्यालयमा लगाए ताला 

काठमाडौं, पुस ७ : प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको आन्तरिक विवाद जिल्ला तथा स्थानीय तहमा देखिएको छ ।

नेकपा लमजुङको पार्टी कार्यालयमा ताला लागेको छ। साविक नेकपा एमाले समर्थित युवा संघले जिल्ला पार्टी कार्यालयमा ताला लगाएको हो। पार्टी विखण्डनको मुखमा पुगेको भन्दै युवा संघले अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाइएको छ।

प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने काम भएको र साविक नेकपा एमालेको पार्टी कार्यालयमा बसेर कुनै पनि नेताहरुलाई प्रपोगाण्ड बनाउन नदिन अर्को निर्णय नभएसम्मका लागि ताला लगाइएको युवा संघ लमजुङले जनाएको छ ।

जिल्ला अध्यक्ष मधु अधिकारी कार्यालयमै भएका बेला युवा संघले कार्यकक्षमा ताला लगाएको हो। युवा संघको क्रियाकलाप अराजक भएको अध्यक्ष अधिकारीले प्रतिक्रिया दिए। जिल्लास्थित नेकपा पार्टी कार्यालय साविक नेकपा एमालेको पार्टी कार्यालय हो। हाल जिल्ला नेतृत्व भने साविक नेकपा माओवादी पक्षमा छ।

युवा संघमा आवद्ध साविक नेकपा एमाले सम्वद्ध युवाहरुले भने अध्यक्षलाई कार्यालय छोड्न दवाव दिइरहेका छन्। 

प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्