Kathmandu Press

कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्दैं, प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल 

काठमाडौं, पुस ७ : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्ने भएको छ ।राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेस...
कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्दैं, प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल 

काठमाडौं, पुस ७ : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्ने भएको छ ।

राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटन गरिएको भन्दै कडा प्रतिवाद गर्ने यसअघि नै बताइसकेको छ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले ओली नेतृत्वको सरकारले अधिनायवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट संवैधानिक व्यवस्था प्रतिकुल प्रतिनिधिसभा विघटन गरेको ठहर गरेको थियो।

पछिल्लो पटक उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले हिजो सर्वदलीय बैठकसमेत बोलाएको थियो। बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायत सहभागी थिए। 

प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्