Kathmandu Press

देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढ्यो, काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस

काठमाडौं, पुस ७ : देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढेको छ । रातको समयमा बादल लागेकाले देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढेको मौसमविद्हरुले...
देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढ्यो, काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस

काठमाडौं, पुस ७ : देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढेको छ । रातको समयमा बादल लागेकाले देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढेको मौसमविद्हरुले जनाएको छ ।

मौसम विद्हरुका अनुसार देशका धेरै ठाउँको न्यूनतम तापक्रम औसतमा १ डिग्री सेल्सियसले बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज ४ डिग्री सेल्सियस पुगेको छ । हिजो ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

यस्तै, आज काठमाण्डौको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । रातको समयमा बादल लाग्दा पृथ्वीको ‘रेडियसन’लाई बादलले छेकिदिने हुँदा न्यूनतम तापक्रम बढ्ने छ ।

मौसमविद्ले न्यूनतम तापक्रम सूर्योदय हुनुपूर्व मापन गर्ने गरेका छन् । यसैबीच, पश्चिमी वायुको प्रभावका कारण आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्को अनुमान छ ।

प्रकाशित मिति: १३:४४ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्