नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडनले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं, पुस ७ : नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडनले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् । उनले खोप लगाएको दृष्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको...
काठमाडौं, पुस ७ : नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडनले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् । उनले खोप लगाएको दृष्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।
कोरोनाको महामारी संसारभर जारी रहेपनि खोपको प्रभावकारीबारे ढुक्क रहन अमेरिकी नागरिकलाई आग्रह समेत गरेका छन् । राष्ट्रपति वाइडेनले हरेक अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अपील समेत गरेका छन् ।
उनले अमेरिकाले कोरोनाविरुद्धको खोप पत्ता लगाउनुको जस वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई जाने बताएको बीबीसीले जनाएको छ ।
यसअघि उपराष्ट्रपति माइक पेन्स, सभामुख नान्सी पेलोसी, सिनेटमा बहुमत भएको दलका नेता मिच म्याककोनेल लगायतले गत शुक्रबार लगाइसकेका छन् । हालसम्म ५ लाख भन्दा बढी अमेरिकी नागरिकलाई खोप लगाइएको बताइएको छ ।
अमेरिकामा हालसम्म करिब १ करोड ८४ लाख मानिस कोरोना संक्रमित भएका छन् भने ३ लाख २६ हजार जनाको मृत्यु भइसकेको छ ।












