प्रिमियर लिगमा चेल्सीले वेष्ट ह्यामलाई ३–० ले हरायो
काठमाडौं, पुस ७ : इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले हराएको छ ।गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी...
काठमाडौं, पुस ७ : इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले हराएको छ ।
गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहमले दुई तथा टियागो सिल्भाले एक गोल गरे । जितसँगै चेल्सी १४ खेलबाट २५ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
शिर्ष स्थानको लिरभपुलको ३१ अंक छ भने २७ अंकको साथ लेष्टर सिटी दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाईटेड २६ अंकको साथ तेस्रो स्थाानमा रहँदा चोथो स्थानको एभर्टनको पनि २६ अंक नैं छ ।
प्रिमियर लिगमा गयराति बर्न्लेले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–१ ले हराएको छ । जितसँगे बर्न्ले रेलिगेसन क्षेत्रभन्दा माथि १६ औं स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति: १३:०८ बजे, मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











