Kathmandu Press

विभाजनको अन्तिम तयारीमा नेकपा, दुवै पक्षले बोलाए केन्द्रीय कमिटी बैठक

काठमाडौं, पुस ७ : विभाजनको अन्तिम अवस्थामा रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आज छुट्टा छुट्टै केन्द्रीय कमिटीको बैठक...
विभाजनको अन्तिम तयारीमा नेकपा, दुवै पक्षले बोलाए केन्द्रीय कमिटी बैठक

काठमाडौं, पुस ७ : विभाजनको अन्तिम अवस्थामा रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आज छुट्टा छुट्टै केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

 प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले बिहान ९ बजे बालुवाटारमा बैठक बोलाएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे बैठक कार्की बेङ्क्वेटमा बैठक डाकेको छ । आजको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षले जनाएको छ।

यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्दै यसलाई केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो। बहुमत पक्षले गरेको कारवाही अस्वीकार गरेको ओली पक्षले प्रचण्डलाई कारवाहीको तयारी गरेको छ ।

ओली पक्षको केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अनुशासनहीन काम गरेको, आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्रीविरुद्ध विपक्षीसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको, पार्टी एकता विपरीत गतिविधि गरेको लगायतका आरोप लगाउँदै अध्यक्ष पदबाट हटाउने तयारी गरेको छ ।

प्रचण्डले एकता भंग गरेको अभियोगसहित निर्वाचन आयोगलाई जानकारी गराउने र सके नेकपानै आफ्नो बनाउने नभए एमाले ब्यूँताउने प्रयासमा ओली पक्ष लागेको छ।

यी सबै घटनाक्रमबारे मूल्याङकन गर्दा मंगलबार नै नेकपा औपचारिक रुपमा विभाजन हुने आकंलन गरिएको छ । 

प्रकाशित मिति: १२:५९ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्