Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार पुगे

काठमाडौ, पुस ७ : भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार नाघेको छ । पछिल्लो समयमा संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो...
भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार पुगे

काठमाडौ, पुस ७ : भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार नाघेको छ । पछिल्लो समयमा संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा १९ हजार १७४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७५ हजार ४२२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ३५ हजार ६१४ जना संक्रमणमुक्त भएका छन् ।

Hardik ivf

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४६ हजार १४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३०२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार १४५  पुगेको हो ।

प्रकाशित मिति: १२:५३ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्