Kathmandu Press

प्रचण्डले भने- ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय कमिटीको बैठक नौटंकी मात्रै हो

काठमाडौं, पुस ६  :  सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी...
प्रचण्डले भने- ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय कमिटीको बैठक नौटंकी मात्रै हो

काठमाडौं, पुस ६  :  सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नौटंकी मात्र भएको बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा आयोजित आफू पक्षीय सांसदहरुको भेलामा अध्यक्ष प्रचण्डले बहुमत केन्द्रीय कमिटीका सदस्यहरु आफूहरुसँग रहेकाले अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक नौटंकी मात्रै भएको बताएका हुन्। 

अध्यक्ष प्रचण्ड समूहले आइतबार बसेको बहुमत स्थायी कमिटीका सदस्यको बैठकबाट मंगलबार दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो। अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएको जानकारी आफूले पाएको बताउँदै प्रचण्डले भने,‘ हामी केन्द्रीय कमिटीको बैठकमा जाँदैछौं भनेर हामीले हिजै स्थायी कमिटीको बैठकबाट निर्णय गरिसकेका छौं। त्यसैले अब ओलीले बोलाएको बैठकको औचित्य छैन।’

अध्यक्ष प्रचण्डले बहुमत केन्द्रीय कमिटीका सदस्यहरु आफूहरुका पक्षमा रहेकाले वैधानिकताको कुरा नउठ्ने समेत बताए। ‘केन्द्रीय कमिटीमा झण्डै दुई तिहाइ बहुमत हामीसँग छ। यस्तो अवस्थामा वैधानिकताको कुरा उठ्न सक्दैन। बालुवाटारमा बोलाइएको कथित बैठक नौटंकीबाहेक केही हुन सक्दैन।’

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटन गरेपछि बसेको अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षधरको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्दै प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो। 

प्रकाशित मिति: ०१:०२ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्