Kathmandu Press

कांग्रेससहित तीन दलको निर्णय : संसद विघटनको असंवैधानिक कदमविरूद्ध संघर्षमा उत्रिने

कांग्रेसको आह्वानमा सोमबार पार्टी कार्यालय सानेपामा बसेको तीन दलको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको निष्कर्ष निकाल्दै मिलेर संघर्षमा उत्रिने निर्णय गरेको हो।
कांग्रेससहित तीन दलको निर्णय : संसद विघटनको असंवैधानिक कदमविरूद्ध संघर्षमा उत्रिने

काठमाडौं, पुस ६ :  नेपाली कांग्रेससहित प्रमुख तीन दलको बैठकले संसद विघटनलाई संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ।  

कांग्रेसको आह्वानमा सोमबार पार्टी कार्यालय सानेपामा बसेको तीन दलको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको निष्कर्ष निकाल्दै मिलेर संघर्षमा उत्रिने निर्णय गरेको हो।

बैठकले संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

तर, संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध कसरी प्रतिवाद गर्ने भन्ने विषयको टुंगो नलागेको र फेरि बैठक बसेर निष्कर्षमा पुग्ने सहमति भएको उनले बताए। ‘तीन दलकै केन्द्रीय कमिटीको बैठक मंगलबार बस्दैछ। पार्टीको बैठकबाट प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध मिलेर संघर्ष गर्ने गरी निर्णय गर्छौ,’ उनले भने।

तीन दलकै केन्द्रीय कमिटी बैठक सकिएपछि फेरि छलफल गरेर संघर्षका कार्यक्रम तय गरिने उनले बताए। बैठकमा कांग्रेस, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूह र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको थियो।

तीन दलको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि लगायत नेताहरु,  नेकपाबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल सहभागी थिए भने जसपाबाट अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी, जितेन्द्र सोनल लगातयका नेताहरु सहभाग थिए।

प्रकाशित मिति: ००:२२ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्