Kathmandu Press

नेपालमा थप ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना डिस्चार्ज

काठमाडौं,  पुस ६ : नेपालमा थप ७४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४२ जनामा कोरोना संक्रमण...
नेपालमा थप ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना डिस्चार्ज
सांकेतिक तस्वीर।

काठमाडौं,  पुस ६ : नेपालमा थप ७४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४  पुगेको छ भने अहिलेसम्म २ लाख ४३ हजार ७४३ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७९५ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १०७९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:३१ बजे, सोमबार, पुस ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्