Kathmandu Press

प्रधानमन्त्री ओलीले पनि बोलाए केन्द्रीय कमिटीको बैठक

काठमाडौं, पुस ६ :  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल...
प्रधानमन्त्री ओलीले पनि बोलाए केन्द्रीय कमिटीको बैठक
प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौं, पुस ६ :  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। 

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पनि मंगलबार बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्।

नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले अध्यक्ष ओलीले मंगलबार बिहान ९ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको पुष्टि गरे। उनले भने,‘अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको छ। बैठक भोलि बिहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमै बस्नेछ।’

अध्यक्ष प्रचण्ड समूहले भने मंगलबार नै दिउँसो १ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय आइतबार बसेको स्थायी कमिटीबाटै गरेको थियो।  तर, प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफू पहिलो अध्यक्ष भएकाले आफूले बोलाएको बैठकमात्रै वैधानिक हुने बताएका छन्। 

आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्षसमेत रहेका ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय गरेको थियो। तर, ओलीले आफूबिना बस्ने बैठक बैधानिक नभएको र आफूलाई कारबाही गर्ने अधिकार कसैलाई नभएको बताएका छन्।
 

प्रकाशित मिति: २२:२३ बजे, सोमबार, पुस ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्