‘केपी ओलीको कुनै योगदान छैन, हामी निर्णायक हौँ भन्ने कमरेडहरूलाई लोकप्रियताको मापन गर्ने अवसर छ’
‘पार्टी पहिलो शक्ति बन्नुमा, पार्टी एकता हुनुमा र पार्टीले विशाल जनसमर्थन प्राप्त गर्नुमा केपी ओलीको कुनै योगदान छैन, हामी पो निर्णायक हौँ भन्ने कमरेडहरुलाई पनि लोकप्रियता र क्षमताको मापन गर्न यसले अवसर दिनेछ,’ उनले भने।
काठमाडौं, पुस ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न ब्यग्र प्रतीक्षामा वा प्रयासमा रहेका नेताहरुलाई ताजा जनादेशले विकल्प दिने बताएका छन्।
सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बन्न ब्यग्र प्रतिक्षामा वा प्रयासमा रहेका नेताहरुलाई ताजा जनादेशले विकल्प दिने बताएका हुन्। उनले विगतका सबै तिता–पिराहरुलाई बिर्सेर एकतावद्ध भई निर्वाचनमा सहभागी हुन पनि नेताहरुलाई आग्रह गरे।
प्रधानमन्त्री ओलीले निर्वाचनको घोषणाले पार्टी एकतालाई बलियो बनाउने अपेक्षा पनि आफूले गरेको बताए। उनले पार्टी पहिलो शक्ति बन्नुमा केपी ओलीको कुनै योगदान छैन भनेर भन्ने नेताहरुलाई पनि लोकप्रियता र क्षमताको मापन गर्ने अवसर निर्वाचनले दिने बताए।
‘पार्टी पहिलो शक्ति बन्नुमा, पार्टी एकता हुनुमा र पार्टीले विशाल जनसमर्थन प्राप्त गर्नुमा केपी ओलीको कुनै योगदान छैन, हामी पो निर्णायक हौँ भन्ने कमरेडहरुलाई पनि लोकप्रियता र क्षमताको मापन गर्न यसले अवसर दिनेछ,’ उनले भने।
प्रधानमन्त्री ओलीले प्रतिपक्षी दललाई पनि आफ्ना एजेण्डा जनताबीच लैजाने अवसर रहेको बताए। उनले सरकारले दूरगामी महत्वका काम गरेको भएपनि विपक्षी दलहरुलाई नै उछिनेर पार्टीकै केही नेताहरु सरकारको अनन्त विरोध र नकारात्मक मनोविज्ञान सिर्जना गर्न उद्यत भएको बताए।
‘प्रतिकूलताका बीचमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको छ, युगान्तकारी काम सुरु भएका छन्। तर विपक्षी दलहरुलाई पनि उछिनेर केही नेताहरु सरकारको अनन्त विरोध र नकारात्मक मनोविज्ञान सिर्जना गर्न उद्यत् भइरहनु भयो,’ उनले भने,‘सरकारले प्रस्तुत गरेका कतिपय प्रस्तावमाथि सार्वभौम संसदलाई छलफल पनि गर्न नदिइकन जबर्जस्ती रोकेर राखियो। विगत केही महिना यता सरकार कस्तो कठिनाइबीच काम गर्न बाध्य भयो र कस्तो घेराबन्दीको शिकार भयो भन्नेबारेमा यहाँहरु अनभिज्ञ हुनुहुन्न भन्ने म ठान्दछु।’











-1791359764.jpg)