Kathmandu Press

कालिकोटमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

कालिकोट, पुस ६ : कालिकोटमा आज छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। माटोको ढिस्कोमा च्यापिएर कालिकोटमा पचालझरना गाउँपालिका–९ की १४ वर्षीया अम्बिका...
कालिकोटमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

कालिकोट, पुस ६ : कालिकोटमा आज छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। माटोको ढिस्कोमा च्यापिएर कालिकोटमा पचालझरना गाउँपालिका–९ की १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ। 

रास्कोट नगरपालिका–९ गामखेतस्थित फुगाड खोला माटो खन्ने क्रममा च्यापिएर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बताए।

त्यस्तै रास्कोट नगरपालिका–९ मार्तडी भन्ने जङ्गलमा घास काट्न गएको अवस्थामा भिरबाट लडेर एकको मृत्यु भएको र मृत्तकको पहिचान खुल्न नसकेको सूचना अधिकारी यक्षराज जोशीले बताए।

प्रकाशित मिति: २०:२१ बजे, सोमबार, पुस ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्