संसद विघटनविरुद्ध बानेश्वरमा प्रचण्ड–नेपाल समूहका सांसदको हस्ताक्षर संकलन
काठमाडौं, पुस ६ : संसद् विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन्। विघटित संसद्का सांसदहरूसँग छलफल गर्न बानेश्वर पुगेका नेकपा...
काठमाडौं, पुस ६ : संसद् विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन्।
विघटित संसद्का सांसदहरूसँग छलफल गर्न बानेश्वर पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले हस्ताक्षर संकलन गरेका हुन्।
संसद् भवनको एक हलमा हुन लागेको भेलामा सहभागी हुन अध्यक्ष प्रचण्ड र नेपाल पनि पुगेका छन्।
प्रकाशित मिति: २०:०२ बजे, सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)