Kathmandu Press

पोखरामा संसद विघटनको पक्षमा प्रदर्शन

काठमाडौं, पुस ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा र विद्यार्थी संगठनको एक समूहले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गरेका छन्।संसद...
पोखरामा संसद विघटनको पक्षमा प्रदर्शन

काठमाडौं, पुस ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा र विद्यार्थी संगठनको एक समूहले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन गरेका छन्।

संसद विघटनको पक्षमा रहेको समूहले ‘नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो। यो बिना प्रचण्ड माधवले चुनाव जितेर देखाऊ।’ जस्ता नारावाजी गरका छन्।

उनीहरुले सही पनि एमाले, मै पनि एमाले भन्दै नारा लगाएका छन्। प्रदर्शनकारीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको गठबन्धनलाई आपराधिकको संज्ञा दिएका छन्।

प्रदर्शनमा युवा संघका पूर्वअध्यक्ष तथा प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरका ईन्चार्ज दीपक पौडेललगायतको सहभागिता रहेको छ।

प्रकाशित मिति: १९:४० बजे, सोमबार, पुस ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्