Kathmandu Press

नेकपाका ८७ सांसद रिट बोकेर सर्वोच्च अदालत जाँदै

काठमाडौं, पुस ६ : संसद् विघटनको कदम असंवैधानिक भएको भन्दै नेकपाका ८७ सांसद सर्वोच्च अदालत जाने भएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्...
नेकपाका ८७ सांसद रिट बोकेर सर्वोच्च अदालत जाँदै

काठमाडौं, पुस ६ : संसद् विघटनको कदम असंवैधानिक भएको भन्दै नेकपाका ८७ सांसद सर्वोच्च अदालत जाने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद् विघटन गराएका थिए। यो असंवैधानिक भएको भन्दै आइतरबा पनि सर्वोच्च अदालतमा तीन वटा रिट परेका छन्। तर, अध्ययन गर्नुपर्ने भन्दै दर्ता भएका छैनन्।

नेकपा सांसद पनि रिट बोकेर सर्वोच्च अदालत जान लागेका हुन्। कानुन व्यवासयीसहति केहीबेरमा रिट दर्ता गराउन सर्वोच्च अदालत जान लागेको नेपा सांसद रामकुमारी झाँक्रीले बताइन्।

नेकपाका बहुमत सांसदले रिट दायर गर्न लागेका हुन। उनीहरुले संसद् विघटनको कदम गलत भएकाले खारेज गर्न माग गर्न लागेका हुन्।

 

प्रकाशित मिति: १८:२५ बजे, सोमबार, पुस ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्