संसद विघटनविरुद्ध आन्दोलनरत समूह पक्राउ
काठमाडौं, पुस ६ : प्रहरीले संसद विघटनविरुद्ध प्रदर्शन गर्ने समूहलाई पक्राउ गरेको छ। सोमबार बिहान सिंहदरबार अगाडि पुगेका कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले...
काठमाडौं, पुस ६ : प्रहरीले संसद विघटनविरुद्ध प्रदर्शन गर्ने समूहलाई पक्राउ गरेको छ। सोमबार बिहान सिंहदरबार अगाडि पुगेका कृष्ण पहाडी नेतृत्वको टोलीलाई प्रहरीले पक्राउ गरेको हो।
आइतबार सरकारले असंवैधानिक रूपमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकिएपछिदेशभर यसको विरोध प्रदर्हन भइरहेको छ।
प्रदर्शनमा उनीहरूले ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेका थिए।
प्रकाशित मिति: १८:२५ बजे, सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)