वैशाखमा चुनाव हुनेवाला छैन : डा. बाबुराम भट्टराई
काठमाडौं, पुस ६ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन्।आज सामाजिक सञ्जालमार्फत वैशाखमा चुनाव...
काठमाडौं, पुस ६ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत वैशाखमा चुनाव नहुने र देश अप्ठ्यारोमा फसेको बताएका हुन्। उनले भनेका छन्, 'वैशाखमा चुनाव हुनेवाला छैन। देश अध्यारो सुरूंगमा फसिस्क्यो।'
उनले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय उल्टाउनेमा पनि शंका जनाएका छन्। डा. भट्टराईले भनेका छन्, 'संवैधानिकरकानूनी उपचारको झिनो आशा होला, तर भर गर्न सकिन्न।'
डा. भट्टराईले यसका लागि सशक्त जनप्रतिरोध गर्नुपर्ने बताएका छन्।
बैशाखमा चुनाव हुनेवाला छैन।देश अॅध्यारो सुरूंगमा फसिस्क्यो।संवैधानिक/कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।दिगो उपचार राजनीतिक नै हो:१.संगठित/एकिकृत/सशक्त जनप्रतिरोध;२.प्रतिनिधिसभाको बैठक( जनतामा निहित सार्वभौमसत्ताको प्रयोग;हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)
— Baburam Bhattarai (@brb1954) December 21, 2020











-1791359764.jpg)