Kathmandu Press

बालुवाटारमा ओली पक्षका नेताहरुको भेला

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुको भेला बालुवाटारमा सुरु भएको छ। भेलामा आपूर्तिमन्त्री लेखराज भट्ट पनि सहभागी छन्।
बालुवाटारमा ओली पक्षका नेताहरुको भेला

काठमाडौं, पुस ६ : प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुको भेला बालुवाटारमा सुरु भएको छ।

केहीबेर अघि वालुवाटारमा सुरु भएको भेलामा ओली पक्षका सांसद र केन्द्रीय नेताहरु सहभागि छन्। भेलामा ओली पक्षका नेताहरु महासचिव विष्णु पौडेल, सुभाष नेम्वाङ, ईश्वर पोखरेल उपस्थित रहेका छन्।

त्यस्तै ओली पक्षकाे भेलामा आपूर्तिमन्त्री लेखराज भट्ट पनि सहभागी छन्।

गृहमन्त्री रामबहादुर थापा बादल भने भेलामा उपस्थित भएका छैनन्। उनी परामर्शमा रहेको जनाएको छ।

ओलीले डाँकेको भेलामा आगामि रणनीतिबारे छलफल हुने जनाएको छ। नेकपा स्थायी कमिटी बैठकले कारबाहीका लागि स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। कारबाही गरेमा के गर्ने भन्ने विषयमा पनि छलफल हुने जनाएको छ।

 

प्रकाशित मिति: १७:१९ बजे, सोमबार, पुस ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्