पार्टी कार्यकर्तालाई एकताबद्ध भएर उभिन प्रचण्डको आह्वान
काठमाडौं, पुस ६ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि...
काठमाडौं, पुस ६ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि पहिलो पटक प्रचण्डले पार्टी अध्यक्षको हैसियतले प्रेस विज्ञप्ति जारी गरेका हुन। उनले आज गरेको प्रेस विज्ञप्तिमा सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर उभिन आह्वान गरेको हुन्।
उनले भनेका छन्, 'राष्ट्रको समृद्धि र नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुको विरुद्ध एकताबद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्नेछैन।'
उनले प्रधानमन्त्री ओलीका गतिविधिले पार्टी एकतामा असर नपर्ने बताएका छन्। उनले भनेका छन्, 'हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोध यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्नेछैन।'
विज्ञप्तिमा ओलीलाई कारबाहीका लागि स्पष्टिकरण सोधिएको पनि उल्लेख गरेका छन्। आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकले कारबाहीका लागि स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।
सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन्। यसलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै सर्वत्र विरोध भइरहेको छ।











-1791359764.jpg)