संसद् विघटनपछि दलहरु छलफलमा, कांग्रेसले बोलायो सर्वदलीय बैठक
काठमाडौं, पुस ६ : संसद् विघटनपछि दलहरु आन्तरिक तथा एकाअर्कामा छलफलमा जुटेका छन्। कांग्रेस आज सर्वदलीय बैठक बोलाएको छ।नेकपा नेताहरु आन्तरिक छलफलमा जुटेका...
काठमाडौं, पुस ६ : संसद् विघटनपछि दलहरु आन्तरिक तथा एकाअर्कामा छलफलमा जुटेका छन्। कांग्रेस आज सर्वदलीय बैठक बोलाएको छ।
नेकपा नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसद तथा नेताहरु र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षका छुट्टाछुट्टै छलफलमा जुटेका छन्।
त्यस्तै, कांग्रेस आज सर्वदलीय बैठक बोलाएको छ। आज अपराह्न ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएको हो।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदमा रहेका विपक्षी दल सहभागी हुने जनाएको छ। यसमा सत्तारुढ नेकपाका प्रचण्ड र नेपाल पक्ष पनि सहभागी हुने भएका छन्।
आजको बैठकमा संसद् विघटनपछिको अवस्थाबारे छलफल हुने जनाएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद् विघटन गरेकी थिइन्। यससँगै आगामि वैशाख १७ र २७ गते मध्यावति निर्वाचनको घोषणा पनि गरेकी छिन्।











-1791359764.jpg)