Kathmandu Press

लेष्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

काठमाडौं, पुस ६ : इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटीले शानदार जित निकालेका छन् । गएराति भएको खेलमा उपाधि दावेदार...
लेष्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

काठमाडौं, पुस ६ : इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटीले शानदार जित निकालेका छन् । गएराति भएको खेलमा उपाधि दावेदार टोटनह्याम हट्सपरलाई २–० ले हराउँदै लेष्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

टोटनह्यामको मैदानमा भएको खेलमा लेष्टरलाई विजयी गराउन जेमी भार्डीले एक गोल गरे । टोटनह्यामका डिफेन्डर टोबी अल्डरवेराल्डले एक आत्माघाति गोल गरेपछि लेष्टर २–० ले विजयी भयो ।प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले लिड्स युनाईटेडलाई ६–२ ले हराएको छ ।

प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले वेष्ट ब्रोमलाई ३–० ले हराउँदा ब्राइटनले शेफिल्ड युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको छ । गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा १४ खेलबाट ३१ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ ।

२७ अंकसहित लेष्टर सिटी दोस्रो स्थान उक्लिंदा तेस्रो स्थानको म्यान्चेस्टरयुनाईटेड र चौथो स्थानको एभर्टनको समान २६ अंक रहेको छ । 

प्रकाशित मिति: १४:१४ बजे, सोमबार, पुस ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्