आगामी तीन दिनको मौसम पूर्वानुमान, मौसम सामान्यतया सफा रहने
काठमाडौं, पुस ६ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे गरेको पूर्वानुमान जारी गरेको छ । मौसम...
काठमाडौं, पुस ६ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे गरेको पूर्वानुमान जारी गरेको छ ।
मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले आज देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशभरको मौसमको अवस्थामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
यस्तै ७ गतेपनि प्रदेश नं १, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी पुस ८ गते देशभर आँशिक देखि सामान्य बदली रहनेछ भने राती देशभर आँशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।











-1791359764.jpg)