Kathmandu Press

तिमल्सिना र रम्तेलले गरे पद अस्वीकार

काठमाडौं, पुस ६ : राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस भएका पर्शुराम रम्तलले पद अस्वीकार गरेका छन्। एक सूचना निकाल्दै उनले आफू सिफारिस भएको...
तिमल्सिना र रम्तेलले गरे पद अस्वीकार

काठमाडौं, पुस ६ : राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस भएका पर्शुराम रम्तलले पद अस्वीकार गरेका छन्। एक सूचना निकाल्दै उनले आफू सिफारिस भएको पक्रिया गैरसंवैधानिक र सहमतिविपरीत भएको उल्लेख गरेका हुन् ।

उनले भनेका छन् – संविधानको मर्म र भावनाविपरीत संवैधानिक अध्यादेश जारी गरी मन्त्रिपरिषद्मा सिफारिस गरिएको राष्ट्रिय दलित आयोगमा मेरो नाम सिफारिस गरिएको छ। यो सहमितबिना र नैतिक दृष्टिले गलत छ।

साथै उनले संसद विघटनको ठाडो विरोध गर्ने र असंवैधानिक सिफारिसको आधारमा आफ्नो नाम परेको प्रति भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।

यस्तै, समावेशी आयोगको सदस्यमा सिफारिस भएका रामकृष्ण तिमल्सिनाले पद अस्वीकार गरेका छन् । संवैधानिक परिषद्ले आयोगको सदस्यमा सिफारिस गरे पनि आइतबार तिमल्सिनाले आफ्नो फेसबुकमार्फत् पद अस्वीकारको घोषणा गरेका हुन् । 

प्रकाशित मिति: १३:१० बजे, सोमबार, पुस ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्