Kathmandu Press

लिड्सको पोष्टमा म्यानचेस्टर युनाइटेडको ६ गोल 

काठमाडौं, पुस ६ : इङ्ग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडविरुद्ध सानदार जित निकालेको छ। घरेलु टोली म्यानचेस्टरले लिड्समाथि ६-२ को...
लिड्सको पोष्टमा म्यानचेस्टर युनाइटेडको ६ गोल 

काठमाडौं, पुस ६ : इङ्ग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडविरुद्ध सानदार जित निकालेको छ। घरेलु टोली म्यानचेस्टरले लिड्समाथि ६-२ को फराकिलो गोलअन्तरले जित निकालेको हो ।

युनाइटेडको फराकिलो जितमा स्कट म्याकटोमिने र ब्रुनो फर्नान्डेसले समान दुई गोल गर्दा भिक्टर निल्सन लिन्डेलफ र ड्यानियल जेम्सले समान एक गोल गरे । लिड्सका लियाम कोपर र स्टुआर्ट डालासले गोल फर्काए ।

जितसँगै म्यानचेस्टर युनाइटेड तालिकाको तेस्रो स्थानमा छ। युनाइटेडले १३ खेलबाट २६ अंक जोडेको छ भने शीर्षस्थानमा रहेको लिभरपुलले १४ खेलबाट ३१ र लेस्टर सिटीले १४ खेलबाट २७ अंक जोडेको छ। पराजय ब्यहोरेको लिड्स भने १७ अंकसहित १४ औं स्थानमा छ। 

 

प्रकाशित मिति: १२:५७ बजे, सोमबार, पुस ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्