Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार

काठमाडौ, पुस ६ : भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ ।साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो...
भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार

काठमाडौ, पुस ६ : भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ ।

साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ५८९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५६ हजार २४८ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ५ हजार ३९० जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ८४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३३० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ८४३  पुगेको हो ।

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, पुस ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्