Kathmandu Press

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी समितिको निर्णय

आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लोकतन्त्रलाई खतरामा पार्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो। 
प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी समितिको निर्णय
फाइल फाेटाे

काठमाडौं, पुस ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। 

ओलीले संसद विघटन गरेपछि आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लोकतन्त्रलाई खतरामा पार्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो। 

बैठकले पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ। बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरू अनुपस्थित थिए। 

बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको देशव्यापी प्रतिवाद गर्ने पनि निर्णय गरेको छ।

प्रकाशित मिति: २३:३१ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्