Kathmandu Press

प्रधानमन्त्रीले गरे निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल

काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन्।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संसदीय दलका उपनेता सुवास...
प्रधानमन्त्रीले गरे निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल

काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल लगायतको सहभागिता रहेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि ओलीले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।

आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य आयुक्तसँग मध्यावधिक निर्वाचनबारे छलफल भएको बताइएको छ।

प्रकाशित मिति: २३:११ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्