Kathmandu Press

कोरोना भाइरसबाट विश्वभरी करिब १६ लाख ८० हजारको मृत्यु

पेरिस, पुस ५ : चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४...
कोरोना भाइरसबाट विश्वभरी करिब १६ लाख ८० हजारको मृत्यु

पेरिस, पुस ५ : चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको छ। 

कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ। अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३०५ व्यक्तिको मृत्यु भइसकेको छ।  अमेरिकापछि ब्राजिलमा १ लाख ८५ हजार ६५० जनाको मृत्यु भएको छ। त्यसैगरी भारतमा १ लाख ४५ हजार १३६ जनाको मृत्यु भएको छ। मेक्सिकोमा कोरोनाबाट १ लाख १७ हजार २४९ व्यक्तिको मृत्यु भएको छ। इटालीका कोरोना भाइरसबाट ६८ हजार ४४७ जनाको मृत्यु भएको छ। 

गत सात दिनभित्र कोरोना भाइरसको कारण अमेरिकामा १८ हजार ३४५ जनाको मृत्यु भएको छ। ब्राजिलमा  ५ हजार २१३ जनाको मृत्यु भएको छ। इटालीमा ४ हजार ५०७ जनाको मृत्यु भएको छ। मेक्सिकोमा ४ हजार  २३० जनाको मृत्यु भएको छ भने जर्मनीमा ३ हजार ९६८ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: २२:५८ बजे, आइतबार, पुस ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्