ओलीको मन्त्रीमण्डलमा रहेका सात मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीले सामूसहिक राजीनामा दिएका छन्।
सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्य्ुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीहरुले साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन्।
राजीनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्नत’, कृषि तथा पशुपंक्षी विकास मन्त्री धनश्याम भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्तिवहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले दिएका छन्।
‘राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,’ मन्त्रीहरुद्वारा हस्ताक्षरीत पत्रमा उल्लेख गरिएको छ।











-1791359764.jpg)