प्रचण्ड र नेपाल पक्षधरका केही मन्त्रीहरुले सामूहिक राजीनामा दिँदै
काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका मन्त्रीहरुले राजीनामा दिने भएका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव...
काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका मन्त्रीहरुले राजीनामा दिने भएका छन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधरका केही मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका हुन्।
उनीहरुले सिंहदरबारमा रहेको विकास समितिको हलमा दिउँसो साढे तीन बजे पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेको बताइएको छ।
रामबहादुर थापा, लेखराज भट्ट, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसाल ओलीइतरका मन्त्री हुन्।
प्रकाशित मिति: २१:४३ बजे, आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)