नेकपा स्थायी कमिटी बैठक बालुवाटारमै बस्ने
काठमाडौं, पुस ५ : सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने भएको छ।तोकिएको समयभन्दा केही ढिलो गरि बालुवाटारमै बैठक बस्न लागेको...
काठमाडौं, पुस ५ : सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने भएको छ।
तोकिएको समयभन्दा केही ढिलो गरि बालुवाटारमै बैठक बस्न लागेको नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठले बताए। नेकपा स्थायी कमिटी बैठक मध्याह्न १ बजे बोलाइएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि बैठकमा ढिलाइ भएको हो। त्यसअघि नेकपा शीर्ष नेताहरु छलफलमा छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् भने अन्य नेता पनि बैठकका लागि जान लागेको छन्। आजको बैठकमा प्रधानमन्त्री ओलीको कदममाथि छलफल हुने जनाएको छ।
साथै आजको स्थायी कमिटी बैठकले महत्वपूर्ण निर्णय गर्नसक्ने जनाएको छ। त्यसमा प्रधानमन्त्री ओलीलाई अनुसाशनको कारबाही समेत हुन सक्ने आंकलन गरिएको छ।
प्रकाशित मिति: १९:५१ बजे, आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)