Kathmandu Press

नेकपा स्थायी कमिटी बैठकमा ओलीमाथि अनुशासनको कारबाही गर्ने तयारी

काठमाडौं, पुस ५ : बाल्वाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेपछि उत्पन्न...
नेकपा स्थायी कमिटी बैठकमा ओलीमाथि अनुशासनको कारबाही गर्ने तयारी

काठमाडौं, पुस ५ : बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बस्ने भएको हो।

बैठकको लागि नेकपाका अध्यक्ष पुष्प कमल दाहल ‘प्रचण्ड बाल्वाटार पुगिसकेका छन्। बैठकबाट प्रधानमन्त्री ओलीको कदमबारे औपचारिक धारणा सार्वजनिक गर्ने नेताहरुको भनाई छ। प्रधानमन्त्री ओलीमाथि अनुशासनको कारबाही गर्ने सम्भावना रहेको छ।

पुस १ बसेको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित भएको थियो।

प्रकाशित मिति: १९:४६ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्