Kathmandu Press

संसद् विघटनको सिफारिस फिर्ताका लागि आग्रह गर्न प्रचण्ड बालुवाटारमा

काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटनको प्रस्ताव फिर्ताका लागि आग्रह गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।प्रधानमन्त्री...
संसद् विघटनको सिफारिस फिर्ताका लागि आग्रह गर्न प्रचण्ड बालुवाटारमा

काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटनको प्रस्ताव फिर्ताका लागि आग्रह गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि नेकपाका शीर्ष नेताको बैठक बसेको थियो। अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले संसद् विघटनको सिफारिस फिर्ताका लागि दवाव दिने निर्णय गरेको एक नेताले बताए।

त्यहिअनुसार, संसद् विघटनको सिफारिस फिर्ताका लागि आग्रह गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्। उनी केहीबेरअघि मात्रै बालुवाटर छिरेको जनाएको छ।

प्रधानमन्त्री ओली पनि संसद् विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेर बालुवाटार फर्केका छन्। आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यसपछि नेकपा अध्यक्ष प्रचण्डको निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको वैठक बसेको थियो।

 

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्