Kathmandu Press

भारतमा ९७ लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौ, मंसिर २३ : भारतमा कोरोना संक्रमितको संख्या ९७ लाख नाघेको छ ।२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २७...
भारतमा ९७ लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौ, मंसिर २३ : भारतमा कोरोना संक्रमितको संख्या ९७ लाख नाघेको छ ।

२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २७ हजारभन्दा बढी संक्रमित भएका छन् । थप २७ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या ९७ लाख ३ हजार ९०८ पुगेको छ ।

Hardik ivf

संक्रमितमध्ये अहिलेसम्म ९१ लाख ७७ हजार ६४५ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४० हजार ९९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४०४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार नजिक पुगेको हो ।

प्रकाशित मिति: १३:१४ बजे, मंगलबार, मंसिर २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्