Kathmandu Press

सिकागो ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार खेलाडीले जिते पदक

काठमाडौं, मंसिर २२ : सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार तेक्वान्दो खेलाडीले पदक जितेका छन ।ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन पुम्से...
सिकागो ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार खेलाडीले जिते पदक

काठमाडौं, मंसिर २२ : सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार तेक्वान्दो खेलाडीले पदक जितेका छन्।

ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सन्जीब नेपाली, राजु नगरकोटी र प्रेमकुमार दर्नालले पुम्सेतर्पm विभिन्न उमेर समूहमा पदक जितेका हुन्। सन्दीपा र सन्जीबले दुई पदक जित्दा राजु र प्रेमकुमारले १-१ पदक जितेका थिए। 

सन्दीपाले महिला ३० वर्षमुनि र सन्जीबले ३१ वर्षदेखि ४० वर्ष उमेरसमूहको स्पोट्र्स पुम्से र ट्रेडिसनल (परम्परागत) पुम्सेमा पदक जितेका थिए। सन्दीपाले ट्रेडिसनल पुम्सेमा रजत पदक जित्दा अमेरिकाकी डिना पाजाजेटसँग पराजित भइन्। डिनाले ५.८३३ अंक र सन्दीपाले ५.६६७ अंक प्राप्त गरेकी थिइन्।

यसै उमेरसमूूहमा अमेरिकाकै डाई लिन हुमल तेस्रो स्थानमा सीमित भइन्। स्पोट्र्स पुम्सेमा भने सन्दीपा तेस्रो स्थानमा खुम्चिन्। यस विधामा अमेरिकाकी बेट्रिज बेलिसेन पहिलो हुँदा फिलिपिन्सकी युनाइस इन्टे दोस्रो भएकी थिइन्। 

सन्जीब नेपालीले भने स्पोट्र्स पुम्से र ट्रेडिसनल पुम्से दुवैमा रजत पदक जितेका थिए। उनले स्पोट्र्स पुम्सेमा रजत पदक जित्दा अमेरिकाका गिलबर्ट जामेनासँग पछि परे। ट्रेडिसनल पुम्सेमा भने उनी फिलिपिन्सका क्रिष्टी मघिरासँग पछि पर्दा दोस्रोमा खुम्चिए। मघिराले ५.९० अंक र सन्जीबले ५.८६ अंक ल्याएका थिए।

त्यसैगरी नेपालका राजुु नगरकोटीले ५० वर्षमुनि स्पोट्र्स पुम्सेमा रजत पदक जित्दा नेपालकै प्रेमकुमार दर्नाल कास्य पदकमै सीमित भए। यस विधामा पहिलो भएका अमेरिकन खेलाडी एन्ड्रयु एसिसले ६.१० अंक र राजुले ५.४० अंक ल्याएका थिए। प्रेमकुमारले भने ५.१०० अंक ल्याए। उक्त च्याम्पियनसिपमा आयोजक राष्ट्र अमेरिका र नेपालसहित क्यानडा, फिलिपिन्स र स्लोभाकियाका करिब चार सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति: २३:१८ बजे, सोमबार, मंसिर २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्