Kathmandu Press

बलात्कार मुद्दामा सिद्धबाबालाई जिल्ला अदालतले दियो सफाइ

इटहरी, मंसिर २२ : बलात्कारको आरोपमा पक्राउ परेका चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले अदालतबाट सफाइ पाएका छन्।सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद...
बलात्कार मुद्दामा सिद्धबाबालाई जिल्ला अदालतले दियो सफाइ

इटहरी, मंसिर २२ : बलात्कारको आरोपमा पक्राउ परेका चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले अदालतबाट सफाइ पाएका छन्।

सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिने फैसला गरेको हो। जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने अभियोगको दाबी पुग्न सक्ने प्रमाण नपुगेकाले गिरीलाई कसुरबाट सफाइ दिने फैसला न्यायाधीश कोइरालाले सुनाएका हुन्।

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा सिद्धाबाबाविरूद्ध २०७६ पुस १० गते मुद्दा दर्ता भएको थियो।
 

प्रकाशित मिति: २२:४९ बजे, सोमबार, मंसिर २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्