अब राजा ल्याऔं, देश बचाऔं भनौं : कमल थापा
काठमाडौं, मंसिर २२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले राजालाई ल्याएर राजा र देश बचाउनुपर्ने बताएका छन्। पार्टी कार्यालय चाबहिलमा...
काठमाडौं, मंसिर २२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले राजालाई ल्याएर राजा र देश बचाउनु पर्ने बताएका छन्।
पार्टी कार्यालय चाबहिलमा सोमबार आयोजित झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने,‘राजा आऊ देश बचाउ होइन, जनता आउ देश बचाउँ भनौं।’
उनले राजालाई बचाउन जनता नै जाग्नु पर्ने बेला आएको पनि बताए। ‘अब जनता आउ देश बचाऊँ भनौं,’ उनले भने।
अध्यक्ष थापाले राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनको माग गर्दै देशका विभिन्न ठाउँमा भइरहेका प्रदर्शनप्रति एक्येबद्धता जनाए। थापाले देशभर ठूलो संख्याको उपस्थितिमा भइरहेका प्रदर्शनलाई आफूले उत्सुकतापूर्वक हेरिरहेको पनि बताए।
थापालेले सबै मिलेर राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलनलाई अब निर्णायक बनाउनु पर्ने पनि बताए।
प्रकाशित मिति: २१:४७ बजे, सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











