Kathmandu Press

नेपाल-भारत सीमानामा सर्वसाधारणलाई सास्ती

सर्लाही, मंसिर २२ : कोभिड–१९ रोकथाम र नियन्त्रणका नाममा जारी करिब नौ महिना लामो नेपाल–भारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती भएको छ।नेपाल–भारत सिमाना...
नेपाल-भारत सीमानामा सर्वसाधारणलाई सास्ती

सर्लाही, मंसिर २२ : कोभिड–१९ रोकथाम र नियन्त्रणका नाममा जारी करिब नौ महिना लामो नेपाल–भारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती भएको छ।

नेपाल–भारत सिमाना वारिपारी आउनजान रोक लगाइदा सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधि प्रभावित बनेका छन्।  सीमा वारिपारिको सम्बन्धमा लगाइएको रोकले दैनिक जीवनमा प्रभाव परेको भन्दै सीमा क्षेत्रका मानिसले आक्रोश समेत पोख्न थालेका छन्। जिल्लाका मुख्य नाकाबाट मालबाहक सवारी साधन खुलेआम रुपमा नेपाल प्रवेश गरिरहेका भए पनि सर्वसाधारण भने सिमानाका नजिकैको खेतको बाटोबाट वारिपारि गरिरहेका छन्।

मुख्य सीमानाका मलङ्गवा, सीमानाका त्रिभुवननगर, पर्सा, बारालगायतका स्थानबाट चामल, दाल, आलु प्याज बोकेका मालबाहक सवारी साधन नेपाल प्रवेश गरिरहेका भए पनि स्थानीय प्रशासनले सर्वसाधारणलाई सो बाटोको प्रयोेग गर्न नदिँदा सर्वसाधारण खेत तथा गल्लीको बाटो प्रयोग गर्न बाध्य भएका स्थानीयवासी रामाआधार साहले बताए।  

नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तोमा सामान किन्न पाउने भएका कारण सो क्षेत्रका अधिकांश स्थानीयवासीले सीमापारीबाट नै घरायसी सामान ल्याउने गरेको रवीराज कुशवाहले बताए। मालबाहक सवारी साधनलाई बिना अवरोध प्रवेश गर्न दिँदा र सर्वसाधारण चोर बाटोबाट आवतजावत गर्नु पर्दा सीमावर्ती क्षेत्रका नेपालीलाई मर्का परेका सर्लाही उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र साहले बताए। 

सीमा खुलाउनुपर्ने मागमा राजनीतिक दल, सीमा क्षेत्रका स्थानीयवासीलगायत एकमत देखिएका छन्। जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको संयोजकत्वमा सीमा खुलाउनका लागि दबाब दिन सर्वदलीय संघर्ष समितिसमेत बनेको छ।

संघर्ष समितिको नेतृत्वमा मलङ्गवाको भारतको सोनवरसासँग जोडिने भन्सार क्षेत्रमा धर्ना समेत दिइएको भए पनि अहिलेसम्म त्यसको कार्यान्वयन भएको छैन। धर्नामा प्रदेशसभा सदस्य, स्थानीय निकायका प्रमुख, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतले साथ दिएका संघर्ष समितिका संयोजक चौधरीले बताए। रासस

प्रकाशित मिति: २१:२६ बजे, सोमबार, मंसिर २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्