Kathmandu Press

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, मंसिर २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।प्रधानमन्त्री ओलीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस...
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्वीर।

काठमाडौं, मंसिर २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। समसामयिक राष्ट्रिय  राजनीतिका विषयमा छलफलका लागि प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएको थापाले बताए।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय  राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको छ। भोलि बिहान ११ : ०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ,’ प्रधानमान्त्रीका प्रेस सल्लाहकार थापाले लेखेका छन्।

यसअघि प्रधानामन्त्री ओलीले गत वैशाख ३१ गते सर्वदलीय बैठक बोलाएका थिए। तर, त्यसयता प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलसँग सामूहिक छलफल गरेका थिइनन्।

प्रकाशित मिति: २०:४३ बजे, सोमबार, मंसिर २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्